IME Life New

खस्कियो एनआईसी एसिया बैंक, माथि कहिले उठ्ला ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एसिया बैंकको चालु आर्थिक वर्ष २०८२।८३ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण निराशाजनक आएको छ। यो वित्तीय विवरणले केवल नाफा घटेको तथ्य मात्र प्रस्तुत गरेको छैन। बरु बैंकको समग्र भविष्य र व्यावसायिक मोडेलमाथि गम्भीर प्रश्नसमेत खडा गरेको छ।

१४ करोड ३ लाख रुपैयाँमा सीमित खुद नाफा, १०.५ प्रतिशतको गिरावट र कमजोर प्रतिफल सूचकहरुले बैंकको वर्तमान अवस्थामात्रै नभएर आगामी यात्राको दिशाबारे पनि चिन्ता थपेका छन्।

Esewa
Crest

बैंकले जोखिमयुक्त कर्जालाई नियन्त्रण गर्न आक्रामक रुपमा प्रोभिजनिङ बढाएको छ। जसले छोटो अवधिमा नाफा घटाएको भए पनि दीर्घकालीन स्थायित्वका लागि सकारात्मक मान्न सकिन्छ। तर, प्रश्न उठ्ने ठाउँ यहीँ छ कि यदि बैंकको कर्जा गुणस्तर बलियो नै थियो भने यति ठूलो परिमाणमा प्रोभिजनिङ किन आवश्यक पर्यो ?

कुल निष्क्रिय कर्जा ५.७५ प्रतिशतबाट बढेर ८.८५ प्रतिशत पुग्नुले बैंकको अघिल्लो कर्जा विस्तार रणनीति कति जोखिमपूर्ण थियो भन्ने संकेत गर्छ।

खुद निष्क्रिय कर्जा घटेर ०.४९ प्रतिशतमा झर्नु सतही रुपमा सकारात्मक देखिए पनि यो मुख्यतः उच्च प्रोभिजनिङको प्रभाव हो। वास्तविक जोखिम पूर्ण रुपमा हटेको होइन। यो बैंकले पहिले मनलाग्दी दिएको कर्जा उठ्ने छाँटकाँट अझै छैन। जसले बैंकमाथि दबाब बढाउँदै लगेको छ।

आम्दानी संरचनातर्फ हेर्दा पनि बैंकको आधार कमजोर बन्दै गएको देखिन्छ। खुद ब्याज आम्दानी उल्लेख्य रुपमा घट्नु, सञ्चालन मुनाफा सीमित रहनु र ब्याजदर घट्दा मार्जिन संकुचन हुनुजस्ता सबैले बैंकको मूल आम्दानी क्षमतामा दबाब परेको संकेत गर्छ। यस्तो अवस्थामा दीर्घकालीन रुपमा दिगो नाफा कसरी कायम गर्ने भन्ने प्रश्न अझ गम्भीर बनेको छ।

सबैभन्दा गम्भीर अवस्था भनेको ऋणात्मक सञ्चित नाफा हो। १३ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी सञ्चित नोक्सानी हुनु भनेको बैंकले निकट भविष्यमा लाभांश वितरण गर्न नसक्ने स्पष्ट संकेत हो। यसले लगानीकर्ताको विश्वासमा प्रत्यक्ष असर पार्छ। विगतका वर्षहरुमा पनि लगानीकर्तालाई लाभांश दिन नसकेको यो बैंकले अहिले पनि आफ्नो अवस्था सुधार्न नसक्नु झनै दुःखद् पाटो हो।

प्रतिशेयर आम्दानी १.२७ रुपैयाँ र रिटर्न अन इक्विटी (आरओई) ०.७३ प्रतिशतमा सीमित हुनुले पनि बैंकको पुँजी प्रयोगको प्रभावकारिता कमजोर रहेको देखाउँछ।

यी सूचकले एउटा ठूला प्रश्न उठाउँछ कि के एनआईसी एसिया बैंकको आक्रामक विस्तार मोडेल अब टिकाऊ छैन ? यसले देखाइरहेको छ कि बैंक अब ‘ग्रोथ’ बाट ‘सस्टेनेबिलिटी’ तर्फ जबरजस्ती मोडिँदैछ। अब जोखिम पनि यस बैंकले सँगै बोकेको छ। सबैभन्दा महत्वपूर्ण बैंकले आफ्नो विश्वसनीयता पुनर्स्थापित गर्न सक्छ कि सक्दैन भन्ने मूल प्रश्न बाँकी नै छ।

बैंकका अधिकारीहरुका अनुसार बैंक अहिले ‘क्लिनअप फेज’ मा रहेको छ। जहाँ विगतका जोखिमहरुलाई व्यवस्थापन गर्ने काम भइरहेको छ। तर, यो प्रक्रिया छोटो हुने देखिँदैन। यदि निष्क्रिय कर्जा घटाउने, गुणस्तरीय कर्जा विस्तार गर्ने र आम्दानीका स्रोतहरु पुनः बलियो बनाउने काम प्रभावकारी रुपमा अघि बढेन भने बैंक दीर्घकालीन रुपमा अझ ठूलो दबाबमा पर्न सक्छ।

अहिलेकै अवस्थामा बैंकलाई माथि उठ्न अझै ४ वर्षभन्दा बढी समय लाग्ने देखिन्छ। त्यतिन्जेलसम्म यो बैंकप्रति ग्राहकको विश्वास कहाँसम्म खस्कन्छ भन्ने कुनै लेखाजोखा छैन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS