काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडका नवनियुक्त अध्यक्ष दिनेश सरियाले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बीमा ऐन २०७९ को दफा ४७ को उपदफा ६ बमोजिम सरियालाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्माले प्राधिकरणको केन्द्रीय कार्यालयमा शपथ गराएका हुन् । लघु निर्जीवन बीमा कारोबारको इजाजत प्राप्त प्रोटेक्टिभ माइक्रोको सञ्चालक समिति सदस्यहरूको सर्वसम्मतिबाट उनी अध्यक्ष पदका लागि चुनिएका हुन् ।
इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्ष पदबाट कीर्तिका अग्रवालले राजीनामा दिएपछि सञ्चालक समिति अध्यक्ष पद रिक्त रहेको थियो। अग्रवाल बाहिरिएसँगै अहिले यसको सञ्चालक समितिमा सरिया, निरू दाहाल पाण्डे, नितेश मालपानी र स्वतन्त्र सञ्चालक गणेश राज पन्त छन् ।

















