IME Life New

न्युजिल्यान्डमा अचाक्ली बढ्यो घर बीमाको लागत, बीमाको पहुँचबाट टाढिँदै जनता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २००० यता न्युजिल्यान्डमा घर बीमाको लागत ९१६ प्रतिशतले बढेको छ। चर्को लागतका कारण न्युजिल्यान्डवासी घर बीमाको पहुँचबाट टाढिन थालेका छन्।

हालै प्रकाशित एउटा प्रतिवेदनमा बीमालाई न्युजिल्यान्डवासीका लागि असहज हुनबाट रोक्न तत्काल उचित कदम चाल्न सरोकारवाला निकायहरुलाई आह्वान गरिएको छ। उपभोक्ता वाचडग कन्जुमर एनजेडले गत अगस्टमा प्रकाशित ‘के तपाइँ २०३५ सम्ममा घर बीमा प्राप्त गर्न सक्षम हुनुहुनेछ ?’ भन्ने नयाँ ५४ पृष्ठको प्रतिवेदनमा बीमा प्राप्त गर्न गाह्रो हुँदै गइरहेको र आवश्यकता मात्र बढ्दै गएको उल्लेख छ।

Esewa
Crest

‘के तपाइँ २०३५ सम्ममा घर बीमा प्राप्त गर्न सक्षम हुनुहुनेछ ? यदि हामीले अहिले नै उचित कदम चालेनौँ भने यो पूर्ण रुपमा सम्भव छ कि धेरै न्युजिल्यान्डवासीले २०३५ सम्ममा बीमा प्राप्त गर्न सक्षम हुने छैनन्’, कन्जुमर एनजेडको उपभोक्ता अनुसन्धान टोलीकी प्रमुख र प्रतिवेदनकी लेखिका रेबेका स्टाइल्सले भनिन्।

स्ट्याट्स एनजेडका अनुसार कन्ज्युमर एनजेडको प्रतिवेदनले सन् २००० यता घर बीमाको लागत ९१६ प्रतिशतलेले बढेको देखाउँछ। स्वतन्त्र र गैरनाफामुखी संस्थाले केन्द्रीय सरकारलाई स्थानीय सरकार र बीमा कम्पनीहरुसँग मिलेर बीमा उपलब्ध र किफायती रहोस् भन्ने सुनिश्चित गर्न राष्ट्रिय समाधानमा काम गर्न आग्रह गरेको छ।

कन्ज्युमर एनजेडले जलवायु अनुकूलन ढाँचा विकसित, बीमा उद्योगको बढ्दो निरीक्षण र उपभोक्ता सुरक्षा बढाउन चाहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS