IME Life New

अप्पर साङ्गे हाइड्रोपावरलाई नेप्सेले गर्यो कारबाही, शेयर कारोबार रोक्का

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साङ्गे हाइड्रोपावरलाई कारबाही गरेको छ।

वार्षिक साधारणसभासम्बन्धी सञ्चालक समितिको निर्णय कम्पनीले ढिलो गरी पठाएको भन्दै नेप्सेले कारबाही गरेको छ। नेप्सेले कम्पनीको शेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र चित्तबुझ्दो जबाफ पठाउन निर्देशन पनि दिएको छ।

Esewa
Crest

कम्पनीको सञ्चालक समितिको भदौ ११ गते बजेको बैठकले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने अजेन्डासहित नवौँ वार्षिक साधारणसभा असोज ९ गते आयोजना गर्ने निर्णय गरेको थियो। तर, कम्पनीले सञ्चालक समितिको निर्णय नेप्सेमा भदौ १६ गतेमात्रै पठाएको थियो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१)मा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि सम्बन्धित कम्पनीले नेप्सेमा नट्समार्फत पेस गर्नुपर्ने व्यवस्था रहेको छ। तर, कम्पनीले यो व्यवस्थाको उल्लंघन गरिएको शेयर कारोबार रोक्का गरी ३ कार्यदिनभित्र स्पष्टीकरण पठाउन निर्देशन दिइएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS