IME Life New

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ४ अर्ब ७१ करोड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव ५६ अंकले बढेर २,६२५ को विन्दुमा कायम भएको छ । आज १७१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३४९ कम्पनीको १ करोड ३६ लाख २४ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ७१ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कुमारी बैंकको शेयर कारोबार भएको छ । आज यस बैंकको २३ करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको २२ करोड ७८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । घलेम्दी हाइड्रोको १८ करोड ५९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ६ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी उन्नती कोषका लगानीकर्ताले ६ दशमलव ३४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै एसबिएल डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS