IME Life New

साताको अन्तिम दिन पनि नेप्सेमा गिरावट कायमै, कारोबार रकम ७ अर्ब ८ करोड

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव ४१ अंकले घटेर २,६११ को विन्दुमा कायम भएको छ । आज ८२ कम्पनीको शेयर मूल्य बढेको छ भने १६४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२० कम्पनीको १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ८ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सोल्टी होटलको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३२ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै ओम मेगा श्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाएका हुन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ८ दशलमव ७७ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ८ दशलमव २७ प्रतिशतका दरले कमाएका छन् । उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव १० प्रतिशतका दरले गुमाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS