काठमाडौं । नेप्सेमा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । नेप्सेमा आज वैशाख २३ गते सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको बोनश शेयर सूचिकृत भएको हो ।
नेप्सेमा सपोर्ट माइक्रोफाइनान्सको ९ दशमलव ५ प्रतिशत बोनश शेयर वापत १ लाख १६ हजार ३२१ दशमलव २७६५ कित्ता शेयर र सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५ प्रतिशत बोनश वापत ३२ लाख ४० हजार ८५६ कित्ता बोनश शेयर सूचिकृत भएको हो । कम्पनीको उक्त सूचिकृत बोनश शेयर शुक्रबारबाट दोस्रो बजारमा कारोबारमा आउनेछन् ।












