IME Life New

आजसम्म बुंगल हाइड्रोको आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिन पाउने, स्थानीयलाई म्याद थप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बुंगल हाइड्रोको आइपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीले आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ।

कम्पनीले गत असार २९ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारमा रहेका नेपालीले आज बैंकिङ समयसम्म आवेदन दिन पाउनेछन्। स्थानीयबाट भने पर्याप्त आवेदन नपरेकोले साउन २६ गतेसम्म म्याद थप गरिएको छ।

Esewa
Crest

धितोपत्र बोर्डले यो कम्पनीलाई जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँबराबरको आइपीओ ल्याउन अनुमति पाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ५ हजार कित्ता शेयर जारी गर्ने अनुमति पाएको हो।

म्पनीले जारी पुँजीको १० प्रतिशतले हुन आउने ८ लाख ३० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि बिक्री खुला गरेको छ। यो आइपीओमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको शेयरमध्ये ६५ प्रतिशत अतिप्रभावित क्षेत्र सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको बुंगल नगरपालिका वडा नं. ६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५ र ७) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १) का बासिन्दाका लागि छुट्याइएको छ। बाँकी ३५ प्रतिशत कित्ता शेयरमा सामान्य प्रभावित क्षेत्र बुंगल नगरपालिका १, २, ३, ४, ५, ८, ९ १० र ११ का बासिन्दाले खरिद आवेदन दिन सक्नेछन्।

यसैगरी कम्पनीले सर्वसाधारणमा जारी गर्ने कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ७ हजार ५०० कित्ता शेयर विदेशमा रोजगारमा रहेका नेपालीका लागि जारी गरेको छ। दुवै समूहका लगानीकर्ताले यो आइपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

स्थानीयले केदारस्यु–१ स्थित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको शाखा, बुंगलस्थित कृषि विकास बैंकको शाखा, जयपृथ्वी नगरपालिकास्थित ग्लोबल आइएमई बैंकको शाखा र आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

बुंगल हाइड्रोको आइपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS