IME Life New

विश्व नैतिकता दिवसको अवसरमा नेपाल एसबिआई बैंकका कर्मचारीद्वारा प्रतिज्ञा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । “विश्व नैतिकता दिवस” को अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले दैनिक अभ्यासहरूमा इमान्दारी, पारदर्शिता र नैतिक मापदण्डहरू कायम राख्ने आफ्नो प्रतिबद्धतालाई कायम राख्ने प्रतिज्ञा गरेका छन् । बैंकका सम्पुर्ण कर्मचारीहरूले कार्यस्थलमा नैतिक व्यवहार र जवाफदेहिता प्रवद्र्धन गर्ने प्रतिबद्धता लिएका हुन् ।

बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले प्रधान कार्यालय, काठमाडौंमा सम्पुर्ण कर्मचारीहरुलाई एक कार्यक्रमका बिच प्रतिज्ञा गराएका थिए । उक्त कार्यक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमूख वित्तिय अधिकृत, राजेश कूमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णुदेव यादव, सहायक महाप्रबन्धक, अर्जुन नेपाल र अन्य वरिष्ठ पदाअधिकारीहरूको उपस्थिति रहेको थियो ।

Crest

सो अवसरमा बैंकका प्रदेश तथा शाखा कार्यालयका कर्मचारीहरुले समेत आ–आफ्ना कार्यालयहरुमा प्रतिज्ञा लिएका थिए ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०१ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २० शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS