IME Life New
GBIME

नेपाल एसबिआई बैंकका ग्राहकले दुसित थानी हिमालयन रिसोर्ट र होटेल क्रिस्टलमा छुट पाउने

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल एसबिआई बैंक र दुसित थानी हिमालयन रिसोर्ट, धुलिखेल बीच बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा र दुसित थानी हिमालयन रिसोर्टकी सह निर्देशक (सेल्स एण्ड मार्केटिङ) सितु श्रेष्ठ बीच आदानप्रदान भएको थियो ।

Crest

साथै नेपाल एसबिआई बैंक र होटेल क्रिस्टल पशुपति, काठमाडौं बीच पनि बैंकका सम्पुर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुलाई लक्षित गरी खाध्य तथा पेय पदार्थ र आवास सुविधामा २० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतापत्र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा र होटेल क्रिस्टल पशुपतिका निर्देशक (सेल्स एण्ड मार्केटिङ) रोशन सुवाल बीच आदानप्रदान भएको थियो ।

उक्त सम्झौताहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीको उपस्थितिमा बैकको केन्दि«य कार्यालयमा भएको थियो । उक्त कार्यक्रममा बैंकका प्रमुख संचालन अधिकृत, विकास आनन्द, बैंकका सल्लाहकार, छपि राज पन्त र बैंक तथा होटेलका अन्य उच्च पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS