IME Life New

पुरानो नगद लाभांश बुझिलिन नेपाल रिइन्स्योरेन्सको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल रिइन्स्योरेन्स कम्पनीले पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन शेयरधनीहरुलाई आग्रह गरेको छ । कम्पनीको विभिन्न आर्थिक वर्षहरुमा साधारण सभाबाट स्वीकृत भई वितरण गरिएका नगद लाभांश केही शेयरधनीहरुले बुझिलिएको नदेखिएको हुनाले कम्पनीले सो लाभांश बुझिलिन आग्रह गरेको हो ।

साथै कम्पनी ऐन, २०६३ को दफा १८२ तथा दफा १८३ ले व्यवस्था गरे बमोजिम लाभांश वितरण गर्ने विषयमा कम्पनीको साधारण सभाले निर्णय गरेको मितिले ५ वर्षसम्म पनि कुनै कानूनी व्यवस्था भएको हुँदा सो को प्रयोजनार्थ यो सूचना प्रकाशित गरिएको कम्पनीको भनाई छ ।

Esewa
Crest

तसर्थ हालसम्म नगद लाभांश भुक्तानी प्राप्त गर्न छुट शेयरधनी महानुभावहरुले खाता नखोलेको भएमा हितग्राही खाता खोली भौतिक शेयरहरु अभौतिकरण गर्न बाँकी भए अभौतिकरण गरी तथा हितग्राही खातामा सम्बन्धित बैंक खाता नम्बर अद्यावधिक गराई नगद लाभांश बुझि लिन अनुरोध गरेको छ ।

अन्यथा कम्पनी ऐनमा व्यवस्था भए बमोजिम नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने कम्पनीले जनाएको छ ।

यस सम्बन्धमा थप जानकारीका लागि यस कम्पनीको शेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS