काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)ले वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) प्रबन्धकको जिम्मेवारी पाएको छ।
नेपाल बीमा प्राधिकरणले नेपाल रिका नाममा परिपत्र जारी गर्दै पुल प्रबन्धकको जिम्मेवारी दिएको हो। आगामी आर्थिक वर्ष २०८३।८४ को बजेट वक्तव्यमा रहेको व्यवस्थाबमोजिम दीर्घकालीन प्रकृतिको बीमाको बीमा सामूहिक बीमा कोष (पुल) प्रबन्धकको जिम्मेवारी नेपाल रिलाई तोकिएको प्राधिकरणल जनाएको छ।
अब सोहीबमोजिम कार्यान्वयन गर्न नेपाल रिलाई प्राधिकरणले निर्देशन दिएको छ।
बजेट वक्तव्यमा नेपाली बीमा कम्पनीहरुले बीमांकको कम्तीमा २० प्रतिशत पुनर्बीमा नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)बाट गराउनुपर्ने व्यवस्था गरिएको छ। ‘दीर्घकालीन प्रकृतिबाट हुने व्यवस्था गर्नेछौँ’, बजेट पेस गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले भनेका थिए, ‘जोखिम न्यूनीकरणका लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था मिलाउनेछौँ।’
सोही व्यवस्थालाई प्राधिकरणले कार्यान्वयन गरेको हो।












