IME Life New

बडादसैँः सकभर डिजिटल माध्यमबाट दक्षिणा दिन राष्ट्र बैंकको आग्रह

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक नोट जगनका साथ प्रयोग गर्न आग्रह गरेको छ।

बडादसैँका अवसरमा केन्द्रीय बैंकले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको छ। ‘विजया दशर्मी हर्षोल्लाका साथ मनाउँदै गर्दा बैंक नोटको जनतका साथ प्रयोग गरौँ’, राष्ट्र बैंकले भनेको छ, ‘दक्षिणा दिँदा सकभर डिजिटल माध्यमको प्रयोग गरौँ। बैंक नोट जतन गर्नु हाम्रो कर्तव्य हो।’

Esewa
Crest

सफा र सुकिला बैंक नोट मात्र चलनचल्तीमा रहुन् भन्ने उद्देश्यले राष्ट्र बैंकले सफा नोट प्रयोग गर्ने नीति लिएको छ। दसैँमा देवीको प्रसादका रुपमा टीका, जमरासँगै दक्षिणाका लागि बैंक नोट प्रयोग गर्दा जिम्मेवारीपूर्वक र होसियारीपूर्वक प्रयोग गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।

दसैँमा आफ्नो बैंक नोट सुरक्षित राख्न नोटमा रङ, अबिर वा अन्य पदार्थ नलगाउन राष्ट्र बैंकले सुझाव दिएको छ। त्यस्तै बैंक नोटलाई नच्यात्न, नभिजाउन र फोहोर नबनाउन पनि केन्द्रीय बैंकले आग्रह गरेको छ। नोटलाई सफा, सुक्खा र सुरक्षित ठाउँमा राख्न पनि राष्ट्र बैंकले सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS