IME Life New

राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउन बढायो प्रक्रिया, माग्यो राय-सुझाव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति ल्याउन सुरुआती प्रक्रिया अगाडि बढाएको छ।

केन्द्रीय बैंकले आज एक सूचना जारी गर्दै सरोकारवाला निकायहरुसँग मौद्रिक नीतिका लागि राय-सुझाव माग गरेको हो। सूचनामा उल्लेख भएअनुसार सरोकारवाला निकायहरुले आउँदो असार १० गतेभित्र राय-सुझाव पठाउन सक्नेछन्।

Crest

सुझाव राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागमा ई-मेलमार्फत पठाउन सक्नेछन्।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको १५ दिनभित्र वार्षिक मौद्रिक नीति ल्याउनुपर्छ। हरेक त्रैमास र अर्धवार्षिक समीक्षा त्रैमास सकिएको ४५ दिनभित्र ल्याउनुपर्ने प्रावधान रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS