IME Life New

बैंकहरुको शाखा समायोजन र स्थानान्तरणमा राष्ट्र बैंक लचक, कर्मचारीलाई भने हटाउन नपाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरुका शाखा समायोजन र स्थानान्तरणमा नयाँ व्यवस्था ल्याएको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै बैंकहरुका शाखा समायोजन र स्थानान्तरणमा नयाँ व्यवस्था ल्याएको हो। अब विद्युतीय भुक्तानी कारोबार बढिरहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयंले महानगरपालिकामा रहेका शाखा समायोजन वा एकीकरण गर्न सक्नेछन्।

Esewa
Crest

यसैगरी उपमहानगरपालिका तथा नगरपालिकाभित्र रहेका आफ्ना शाखाहरु तल उल्लेखित सतहरुको धीनमा रही बैंक तथा देहायका सबै सर्तहरूको अधीनमा रही इजाजतपत्रप्राप्त संस्था स्वयंले समायोजन वा एकीकरण गर्न सक्नेछन्।

  • सहरी तथा शहरोन्मुख क्षेत्रमा रहेको शाखा समायोजन वा एकीकरण गर्न सकिने।
  • समायोजन वा एकीकरण गर्दा एक किलोमिटरको दूरी भित्र सञ्चालनमा रहेको शाखाहरुमध्ये कम्तीमा कुनै एक शाखा कायम हुने गरी सोही दूरी भित्रका आफ्ना अन्य शाखामात्र समायोजन वा एकीकरण गर्न सकिने।

समायोजन वा एकीकरण गरी प्रत्येक चारवटा शाखा बन्द गरेपश्चात कुनै पनि बैंक तथा वित्तीय संस्थाको शाखा नरहेको ग्रामीण क्षेत्रको वडामा एउटा नयाँ शाखा खोल्नुपर्नेछ र सो को विवरण यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेस गर्नुपर्नेछ।

बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको पूर्वस्वीकृति बिना गाँउपालिका तथा ग्रामीण क्षेत्रमा रहेका शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न पाउने छैनन्।

समायोजन वा एकीकरण भन्नाले कुनै इजाजतपत्रप्राप्त संस्थाको दुई वा दुईभन्दा बढी शाखाहरु एक आपसमा गाभिएर एउटा शाखा कायम हुने अवस्था सम्झनु पर्दछ।

समायोजन तथा एकीकरण गर्दा शाखाहरुको वर्गीकरण गर्ने प्रयोजनका लागि राष्ट्रिय तथ्यांक कार्यालयबाट प्रकाशन गरिएको पछिल्लो नेपालमा ग्रामीण तथा शहरी क्षेत्रको श्रेणीगत वर्गीकरण प्रतिवेदनको अनुसूची–३ मा उल्लेख भएका सहरी, सहरोन्मुख तथा ग्रामीण क्षेत्रलाई सम्झनुपर्नेछ।

यसैगरी शाखा समायोजन वा एकीकरण हुने वा भएको कारण सम्बन्धित शाखामा कार्यरत कर्मचारीलाई सेवाबाट हटाउन पाइने छैन । यसरी शाखा समायोजन वा एकीकरण गरेपश्चात कर्मचारीलाई नजिकको शाखा वा प्राथमिकता र सहमतिका आधारमा अन्य शाखामा सरुवा गर्नुपर्नेछ।

शाखा समायोजन गर्दा उक्त क्षेत्रको वित्तीय पहुँचमा प्रतिकुल असर नपर्ने सुनिश्चित हुने व्यवस्था मिलाउनु पर्नेछ । शाखा समायोजन गरेको ३ कार्यदिनभित्र राष्ट्र बैंकको रिपोर्टिङ पोर्टलमा अद्यावधिक गर्नुपर्नेछ र अनुसूची १४.२ बमोजिमको विवरण राष्ट्र बैंकको बैक तथा वित्तीय संस्था नियमन विभाग तथा सम्बन्धित सुपरिवेक्षण विभागसमक्ष पेस गर्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS