IME Life New

वित्तीय ठगीबाट जोगिन सुरक्षा र सजगता अपनाउन राष्ट्र बैंकको सुझाव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय ठगीबाट जोगिन सुरक्षा र सजगता अपनाउन सुझाव दिएको छ।

वित्तीय चेतनाका लागि आज एउटा सूचना जारी गर्दै केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो। ‘वित्तीय कारोबार गर्दा सुरक्षा र सजगता अपनाऔँ र विभिन्न प्रकारका वित्तीय ठगीबाट बचौँ’, सूचनामा भनिएको छ।

Crest

अपरिचत व्यक्ति वा नम्बरबाट ह्वाट्सएसप, भाइबर, म्यासेन्जजस्ता मोबाइल एप, ई–मेल, फोन वा मोबाइलको म्यासेजमा विभिन्न किसिमका चिठ्ठा परेको, महँगो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धनसम्पत्ति वा सुन फेला परेको, छोटो समयमै धेरै प्रतिफल पाइने योजना उपलब्ध भएको जस्ता विभिन्न बहानामा सन्देश पठाएर वित्तीय ठगीका घटना हुने गरेको राष्ट्र बैंकले जनाएको छ। ‘यदि यस्तो छ भने सजग हुनुपर्छ’, सूचनामा भनिएको छ, ‘यस्ता सन्देश ठगीका लागि पठाइएको हुन सक्छ।’

त्यस्ता सन्देशमार्फत वित्तीय ठगी र अपराधमा संलग्न व्यक्तिले आकर्षक प्रस्ताव राख्दै व्यक्तिगत र वित्तीय विवरण चोरी गर्न सक्ने राष्ट्र बैंकले सचेत गराएको छ। ‘त्यस्ता विवरणको प्रयोगबाट तपाइँलाई आर्थिक हानी वा नोक्सानी पुग्न सक्छ’, राष्ट्र बैंकले भनेको छ, ‘अतः यी सबै घटना वित्तीय ठगी हुन्।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS