काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका पूर्व अध्यक्ष आशिष श्रेष्ठलाई धरौटीमा छोड्न विशेष अदालतले आदेश जारी गरेको छ।
विशेष अदालतका अध्यक्ष बारुदको आचार्य, हेमन्त रावल र उमेश कोइरालाक संयुक्त इजलाशले विहीबार २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो।
श्रेष्ठलाई सम्पत्ति शुद्धीकरण मुद्दामा हिमालयन रिइन्स्योरेन्सका प्रवर्द्धक सुलभ अग्रवाल, दीपक भट्ट सहित ३४ जनालाई अभियुक्त बनाइएको थियो । उनी विरुद्ध नेपाल माइक्रो इन्स्योरेन्सको लगानी दुरुपयोग र सम्पत्ति शुद्धीकरणको अभियोग छ ।












