IME Life New

नेपाल लाइफको ५ प्रतिशत बोनश शेयरधनीहरुको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना शेयरधनीहरुको हितग्राही खातामा बोनश शेयर जम्मा गरिदिएको छ । कम्पनीको २०८२ पुस १९ गते सम्पन्न भएको वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत बोनश शेयर हितग्राही खातामा जम्मा गरिदिएको हो ।

२०८२ को पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुको बोनश शेयर सम्बन्धीत हितग्राही खातामा जम्माल भएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

साथै, यस कम्पनीको शेयर २०८२ पुस ६ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा शेयरधनीको हितग्राही खातामा उक्त बोनश शेयर, कर्जा प्रवाह गर्ने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा हुने हुँदा सो कर्जा राफसाफ भइसकेको खण्डमा शेयरधनीहरुलाई सम्बन्धीत बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी बोनश शेयर फुकुवा गर्न आग्रह गरेको छ ।

सो मितिपछि रोक्का राखेका शेयरधनीहरुको बोनश शेयरधनीहरुकै हितग्राही खातामा रोक्का जनाई जम्मा हुने हुँदा सम्बन्धीत बैंक तथा वित्तीय संस्थालाई उनीहरुको बोनश रोक्का भए नभएको यकिन गर्न तथा रोक्का नभएको खण्डमा रोक्का समेत गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS