IME Life New

दोर्दी खोला जलविद्युतको करिब साढे १९ लाख कित्ता शेयर बिक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको करिब साढे १९ लाख कित्ता अवितरित हकप्रद शेयर आज जेठ ११ गतेबाट बिक्रीमा राखिएको छ।

कम्पनीले चुक्तापुँजी १ः१ अनुपातमा १०० रुपैयाँ दरका कुल १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद शेयर बिक्रीमा राखिएको थियो। त्यतिबेला बिक्री हुन बाँकी १९ लाख ४६ हजार ६७६ कित्ता शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो।

Esewa
Crest

क्रीमा राखिएको कुल शेयरमध्ये संस्थापक समूहको १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहको १ लाख ६५ हजार ९५६ कित्ता शेयर छन्। यी दुवै समूहको लकइन आउँदो असार ७ गते सकिँदैछ। त्यसैगरी सर्वसाधारण समूहकै लकइनमा नरहेको ४ लाख ९५ हजार ६७९ कित्ता शेयर पनि बिक्रीमा राखिएको छ।

बिक्रीमा राखिएको शेयरमा जोकोही व्यक्ति तथा संस्थाले शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्। लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ता खरिद गर्न बोलपत्र पेस गर्न सक्नेछन्।

लगानीकर्ताले काठमाडौंको नक्सालमा रहेको सानिमा क्यापिटलका साथै सानिमा बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौँडा, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, महेन्द्रनगर र गरिमा विकास बैंकको बागलुङ शाखामा बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र जेठ १९ गते बैंकिङ समयसम्म पेस गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS