IME Life New

नेशनल लाइफका सायमी डिजिएम र शर्मा एजिएममा बढुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पुरानो मध्येको जीवन बीमक, नेशनल लाइफ इन्स्योरेन्सको उच्च व्यवस्थापन तहमा यूवा पुस्ताका दुई कर्मचारीले पद्दोन्नती पाएका छन्। प्रज्वल सायमी, नायब महाप्रबन्धक र विवेक शर्मा, सहायक महाप्रबन्धक पदमा बढुवा भएका हुन् ।

वित्त विभाग प्रमुख समेत रहेका चार्टर्ड अकाउण्टेण्ट प्रज्वल सायमीलाई सहायक महाप्रबन्धकबाट नायब महाप्रबन्धक(डेप्युटी जनरल म्यानेजर डिजिएम) पदमा बढुवा गरेको हो। सायमी विगत १२ वर्षभन्दा लामो समयदेखि जीवन बीमा कम्पनीमा विभिन्न जिम्मेवारीमा रहेर काम गरेको अनुभव छ। सन् २०१७ मा नेशनल लाइफ प्रवेश गर्नु अघि उनले ५ वर्षसम्म एलआइसी नेपालमा सेवा गरेका थिए । एलआइसी नेपालमा रहँदा वित्तीय लगानी हेर्दै आएका उनले एलआइसीमा वित्त प्रमुखको जिम्मेवारी सम्हालि रहेका छन् ।

Esewa
Crest

२०१२ मा चार्टर्ड अकाउण्टेण्ट (सिए) को अध्ययन पुरा गरेका सायमी पोखरा विश्वविद्यालयबाट एमबिएको उपाधी समेत हासिल गरेका छन् । एमबिएमा सर्वाेत्कृष्ट शैक्षिक नतिजा हासिल गरेकोमा उनी नेपाल विद्या भूषणबाट समेत विभूषित भएका थिए ।

यसैगरी मुख्य प्रबन्धक विवेक शर्माको सहायक महाप्रबन्धक पदमा बढुवा भएको छ। उनी बजार विभाग प्रमुख हुन् । शर्मा विगत १४ वर्षदेखि जीवन बीमा क्षेत्रमा कार्यरत छन् । उनी पनि ६ वर्ष अघि एलआइसी नेपालबाट नेशनल लाइफ इन्स्योरेन्समा प्रवेश गरेका हुन् । उनले स्नातक तहको अध्ययन पुरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS