IME Life New

नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । नबिल बैंक लिमिटेडले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। यही असोज २९ गते बिहीबारदेखि सुरु भएको भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ।

बैंकका अनुसार ग्राहकहरूले अब परम्परागत क्रेडिट कार्डसँग सम्बन्धित कागजी प्रक्रिया तथा अन्य औपचारिक झन्झटहरू पूरा गर्नुपर्ने आवश्यकता बिना नै एनबैंक एपको होमपेजमा रहेको ‘अपलाइ नाउ’ अप्सनमार्फत भर्चुअल क्रेडिट कार्डका लागि आवेदन दिन तथा प्राप्त गर्न सक्नेछन् । साथै  दैनिक आवश्यक विभिन्न डिजिटल कारोबारहरूमा यसको प्रयोग गर्न सक्नेछन्।

Esewa
Crest

पूर्ण रूपमा डिजिटल स्वरूपमा उपलब्ध यो क्रेडिट कार्ड ग्राहकहरूलाई छिटो, सुरक्षित तथा झन्झटरहित रूपमा कर्जा सुविधा उपयोग गर्ने अवसर प्रदान गर्न डिजाइन गरिएको हो। यसमार्फत ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपबाटै क्रेडिट कार्ड प्राप्त गरी दैनिक कारोबारहरू सुरक्षित र सहज रूपमा गर्न सक्नेछन्।

बैंकले आफ्नै डेटामा आधारित विश्लेषणात्मक प्रणालीमार्फत योग्य ग्राहकहरूलाई पूर्व–स्वीकृत गरिसकेको छ। योग्य ग्राहकहरूले एपको होमपेजमा स्वचालित रूपमा ‘अपलाइ नाउ’ अप्सन देख्न सक्नेछन्। भर्चुअल क्रेडिट कार्ड फोनपे मर्चेन्ट क्यूआरमार्फत गरिने क्यूआरमा आधारित भुक्तानीका लागि प्रयोग गर्न सकिनेछ।

नबिल बैंकले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ नेपालको डिजिटल बैंकिङ यात्रामा एक महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने विश्वास लिएको छ। डिजिटल वित्तीय सेवाप्रतिको बढ्दो ग्राहक मागलाई मध्यनजर गर्दै विकास गरिएको यस कार्डले ग्राहकहरूलाई सुरक्षित, सरल तथा निर्वाध भुक्तानी अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।

यस कार्ड सञ्चालनका लागि नबिल बैंक लिमिटेड र फोनपे पेमेन्ट सर्भिस लिमिटेडबीच बुधबार एक समझदारीपत्रमा हस्ताक्षर भएको थियो। यस सहकार्यसँगै ग्राहकहरूले भर्चुअल क्रेडिट कार्डमार्फत फोनपे मर्चेन्ट क्यूआरमार्फत भुक्तानी स्वीकार गर्ने विभिन्न व्यापारिक प्रतिष्ठानहरूमा सुरक्षित, सहज तथा निर्बाध रूपमा कारोबार गर्न सक्नेछन्।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले बैंकको नवप्रवर्तन तथा ग्राहक–केन्द्रित बैंकिङ समाधानप्रतिको निरन्तर प्रतिबद्धतालाई पुनः दोहोर्‍याए। उनले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ को शुभारम्भले बैंकको डिजिटल रूपान्तरणलाई तीव्रता दिने रणनीतिक दृष्टिकोणलाई प्रतिबिम्बित गर्नुका साथै वर्तमान समयका ग्राहकहरूको परिवर्तनशील आवश्यकता र अपेक्षाअनुरूप उन्नत वित्तीय समाधानहरू उपलब्ध गराउने बैंकको प्रयासलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

सिइओ ज्ञवालीले भने, “ग्राहकको सहजता नै हाम्रो प्राथमिकता हो। डिजिटल युगको आवश्यकता अनुरूप ग्राहकलाई सकेसम्म बैंक शाखामै पुग्न नपरी बैंकिङ सेवा उपलब्ध गराउने दिशामा हामी निरन्तर काम गरिरहेका छौं। नबिल भर्चुअल क्रेडिट कार्ड सोही प्रयासको एक महत्वपूर्ण हिस्सा हो।”

नबिल बैंकले प्रविधिमैत्री तथा ग्राहकमुखी वित्तीय समाधानहरू विकास गर्दै डिजिटल बैंकिङ क्षेत्रको नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। बैंकले आगामी दिनमा पनि ग्राहकहरूको वित्तीय पहुँच, सुविधा तथा अनुभवलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ नवीनतम डिजिटल सेवाहरू विस्तार गर्दै लैजाने जनाएको छ।

नबिल बैंकले देशभर २६२ शाखा सञ्जालसहित ३१६ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS