काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भाद्र १० गते आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरुको राहत तथा उद्धार कार्यमा सहयोग पु-याउने उद्देश्यले Mobile Phone Importers Association (MPIA) ले आफ्ना सदस्य संस्थाहरुबाट संकलन गरेको रु. ३१ लाख आर्थिक सहयोग गरेको छ ।
उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो । संकलित रकम बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा उपयोग हुने विश्वास यस Mobile Phone Importers Association (MPIA) ले व्यक्त गरेको छ ।
उक्त संकलित रकम Mobile Phone Importers Association (MPIA) ले का अध्यक्ष दीपक कुमार मल्होत्रा, उपाध्यक्ष संजय अग्रवाल तथा सञ्चालक सदस्यहरुले अर्थमन्त्री हस्तान्तरण गरिएको छ ।
Mobile Phone Importers Association (MPIA) का अध्यक्ष दीपक कुमार मल्होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरुको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै सदस्य संस्थाहरुले देखाएको सहयोग र सद्भावका लागि धन्यवाद व्यक्त गरे ।












