IME Life New

यो देशमा पहिलोपटक भेटियो लामखुट्टे, कारण थाहा पाएपछि वैज्ञानिकहरु नै चकित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हामीले सामान्यज्ञानका पुस्तकहरुमा पढेका छौँ कि लामखुट्टे नपाइने संसारकै एकमात्र देश आइसल्यान्ड हो। तर, अब विश्वव्यापी तापक्रम वृद्धिले यो जानकारी गलत साबित गरेको छ।

आइसल्यान्डमा पहिलोपटक लामखुट्टे भेटिएको पत्ता लागेको छ। वैज्ञानिकहरु भन्छन्, ‘विश्वव्यापी तापक्रम वृद्धिका कारण यो देश कीराहरुका लागि बढी अनुकूल बन्दै गइरहेको छ।’

Esewa
Crest

लामखुट्टे नपाइने अर्को ठाउँ अन्टार्कटिका हो। वैज्ञानिकहरुले पहिले नै भविष्यवाणी गरेका थिए कि आइसल्यान्डमा मार्सल्यान्ड र पोखरीजस्ता प्रजननस्थलहरुको प्रशस्तताका कारण लामखुट्टे फस्टाउन सक्छन्। यद्यपि, धेरै प्रजाति चिसो मौसममा बाँच्न सक्ने छैनन्।

आइसल्यान्डको तापक्रम अब उत्तरी गोलार्धको औसतभन्दा चारगुणा छिटो बढिरहेको छ। हिमनदीहरु पग्लिरहेका छन् र म्याकरेलजस्ता न्यानो दक्षिणी क्षेत्रका माछाहरु अब यसका नदी र तालहरुमा पाइन्छन्।

पृथ्वी न्यानो हुँदै जाँदा लामखुट्टेका प्रजातिहरु विश्वभर द्रुत गतिमा फैलिरहेका छन्। यस वर्ष बेलायतमा एडिस एजिप्टी (इजिप्टियन लामखुट्टे) का अन्डाहरु फेला परेका थिए भने केन्टमा एडिस एल्बोपिक्टस (एसियाली बाघ लामखुट्टे)का नमुनाहरु फेला परेका थिए। यी खतरनाक प्रजाति हुन्। जसले डेंगु, चिकनगुनिया र जिका भाइरसजस्ता रोगहरु फैलाउन सक्छन्।

आइसल्यान्डिक प्राकृतिक विज्ञान संस्थानका कीटविज्ञ माथियास अल्फ्रेसनले आइसल्यान्डमा लामखुट्टेको खोजको पुष्टि गरे। ‘लामखुट्टेहरु एक नागरिकले मलाई पठाएका थिए, त्यसपछि मैले नै पहिचान गरेको हो’, उनले भने।

बेलायती पत्रिका द गार्जियनसँग कुरा गर्दै उनले भने, ‘कुलिसेटा एनुलटा प्रजातिका तीन लामखुट्टेहरु फेला परेका थिएः दुई पोथी र एक भाले। तिनीहरु सबै दाखको तारमा थिए, जुन सामान्यतया पतंगहरुलाई आकर्षित गर्न प्रयोग गरिन्छ।’

यो लामखुट्टे प्रजाति चिसो मौसममा बाँच्न सक्छ र तहखाने र गोदामहरुमा आश्रय लिएर जाडो बिताउन सक्छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS