काठमाडौं । सिक्लेस हाइड्रोपावरको पौने ७४ लाख बढी कित्ता शेयरको लइकन अवधि सकिने भएको छ।
कम्पनीले आज एक सूचना जारी गर्दै कुल ७३ लाख ८४ हजार ५०० कित्ताको लकइन अवधि आउँदो असोज १० गतेबाट सकिने जानकारी गराएको हो। जसमा संस्थापकको शेयर ६५ लाख कित्ता, स्थानीयको ८ लाख ५० हजार कित्ता र कर्मचारीको ३४ हजार ५०० कित्ता रहेको छ।
कम्पनीले २०७९ भदौ २९ गतेदेखि २०७९ असोज २ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट सोही वर्ष असोज ११ गते गरिएको छ। नियमतः कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लइकनमा राख्नुपर्ने प्रावधान रहेको छ।
कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीको हकदमा भने शेयर खरिदबिक्री गर्न नपाइने कम्पनीले स्पष्ट पारेको छ।

















