IME Life New

सिक्लेस हाइड्रोपावरको पौने ७४ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिक्लेस हाइड्रोपावरको पौने ७४ लाख बढी कित्ता शेयरको लइकन अवधि सकिने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै कुल ७३ लाख ८४ हजार ५०० कित्ताको लकइन अवधि आउँदो असोज १० गतेबाट सकिने जानकारी गराएको हो। जसमा संस्थापकको शेयर ६५ लाख कित्ता, स्थानीयको ८ लाख ५० हजार कित्ता र कर्मचारीको ३४ हजार ५०० कित्ता रहेको छ।

Esewa
Crest

कम्पनीले २०७९ भदौ २९ गतेदेखि २०७९ असोज २ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको थियो। यो आइपीओको बाँडफाँट सोही वर्ष असोज ११ गते गरिएको छ। नियमतः कुनै पनि कम्पनीको आइपीओ बाँडफाँट भएको मितिले संस्थापक, स्थानीय र कर्मचारीको शेयर ३ वर्षसम्म लइकनमा राख्नुपर्ने प्रावधान रहेको छ।

कम्पनीको सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीको हकदमा भने शेयर खरिदबिक्री गर्न नपाइने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS