IME Life New

जीवन विकास लघुवित्तको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा, मूल्य कति ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको ३ लाख ५१ हजार ४४० कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा संस्थाका कायम संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

Crest

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीले शेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य बोलकबोल गर्नुपर्नेछ।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS