IME Life New

पिपुल्स पावरको ३९ लाख बढी कित्ता शेयरको लकइन अवधि सकिँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पिपुल्स पावरको ३९ लाख बढी कित्ता शेयरको लकइन अवधि भदौ १२ गतेपछि समाप्त हुने भएको छ।

कम्पनीले आज एक सूचना जारी गर्दै ३९ लाख ७ हजार ९४८ कित्ता शेयरको लकइन अवधि समाप्त हुने मितिबारे जानकारी गराएको हो।

Esewa
Crest

कम्पनीका अनुसार ३२ लाख २६ हजार कित्ता संस्थापक शेयर, कर्मचारीसँग रहेको ४९ हजार ३४८ कित्ता र स्थानीयसँग रहेको ६ लाख ३२ हजार ६०० कित्ता शेयरको लकइन अवधि समाप्त हुँदैछ।

कम्पनीका संस्थापक शेयरधनीहरुको हकमा प्रचलित कानुनबमोजिम खरिदबिक्री हुनेछ तथा संस्थापक शेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीहरुले भने खरिदबिक्री गर्न नपाइने कम्पनीले स्पष्ट पारेको छ।

कम्पनीले २०७९ साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणमा आइपीओ बिक्री खुला गरेको थियो। आइपीओ २०७९ भदौ १२ गते गरिएको थियो। आइपीओ बाँडफाँट भएको मितिले ३ वर्षसम्म संस्थापक, कर्मचारी र स्थानीयको शेयर लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS