IME Life New

कात्तिक २६ बाट रिभर फल्स पावरको १० लाख ३८ हजार बढी कित्ता शेयर लिलामीमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिभर फल्स पावरको १० लाख ३८ हजार बढी कित्ता अवितरित हकप्रद शेयर कात्तिक २६ गतेबाट बिक्री खुला गरिने भएको छ।

कम्पनीको १० लाख ३८ हजार ९२४ कित्ता अवितरित हकप्रद शेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो शेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

Esewa
Crest

बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा नियामकले तोकिएको सीमासम्म शेयर खरिदका लागि बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयसँगै प्रभु बैंकका शाखाहरु विराटनगर, पोखरा, वीरगन्ज, हेटौँडा, बुटवल, सुर्खेत र धनगढीमा पेस गर्न सकिनेछ।

बोलपत्र पेस गर्ने अन्तिम मिति मंसिर ३ गते बैंकिङ समयसम्म रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS