काठमाडौं । मेटलाइफ नेपालले सिवेक हस्पिटलसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि स्वास्थ्य सेवामा थप सुविधा विस्तार गरेको छ । यस सहकार्य अन्तर्गत वान बाई मेटलाइफको डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका योग्य परिवारका सदस्यहरूले काठमाडौं र पोखरास्थित सिवेक हस्पिटलमा उपलब्ध केही डायग्नोस्टिक सेवामा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
दशकौँदेखि सिवेक हस्पिटल नेपालका प्रतिष्ठित स्वास्थ्य संस्थामध्ये एकका रूपमा परिचित छ । स्थानीय तथा अन्तर्राष्ट्रिय बिरामीलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटल बिरामीकेन्द्रित सेवा र अन्तर्राष्ट्रियस्तरको चिकित्सा सेवाका लागि परिचित छ । नेपालमा बसोबास गर्ने व्यक्ति, विदेशी नागरिक, कूटनीतिज्ञ, व्यवसायी तथा पर्यटकहरूका लागि समेत सिवेक एक विश्वसनीय स्वास्थ्य सेवा प्रदायकका रूपमा स्थापित छ । यस सहकार्यसँगै मेटलाइफका ग्राहकले सिवेकका केही स्वास्थ्य सेवामा विशेष दरमा सेवा लिन सक्नेछन्, जसले वान बाई मेटलाइफ एपमार्फत उपलब्ध सुविधाहरूमा थप मूल्य अभिवृद्धि गर्नेछ ।
यस सहकार्य अन्तर्गत योग्य डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका आश्रित परिवारका सदस्यहरू—आमाबुबा, पति वा पत्नी तथा छोराछोरी—ले इन–हाउस ल्याबोरेटरी सेवामा १०%, रेडियोलोजी सेवामा १०% र सीटी सेवामा १५% छुट प्राप्त गर्न सक्नेछन् ।
विश्वसनीय सेवा प्रदायकहरूसँग जोड्दै ग्राहकलाई दैनिक जीवनमा थप उपयोगी सुविधा उपलब्ध गराउने मेटलाइफ नेपालको निरन्तर प्रयासको एक हिस्सा यो सहकार्य हो । नियमित स्वास्थ्य परीक्षणदेखि विशेष प्रकृतिका डायग्नोस्टिक जाँचसम्म, यी सुविधाले ग्राहक तथा उनीहरूका परिवारलाई वान बाई मेटलाइफ एपमार्फत गुणस्तरीय स्वास्थ्य सेवा थप सहज रूपमा प्राप्त गर्न सहयोग गर्नेछ ।












