IME Life New

मेरो माइक्रोफाइनान्सद्वारा एपीएफ स्कुलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था, शाखा कार्यालय भवानीपुर बाँकेले एपीएफ स्कुल कोहलपुर,बाँकेको सहकार्यमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले यस अघि विभिन्न ठाउँमा वित्तीय साक्षरता कार्यक्रम गर्दै आइरहेको छ । यसै सन्दर्भमा यसपटक एपीएफ स्कुलको कक्षा,९ र १० का करिब ११० जना विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो ।

Crest

कार्यक्रममा वित्तीय साक्षरता सम्बन्धि प्रस्तुतिकरण दिँदै संस्थाका केन्द्रिय कार्यालयमा उमेशमान डंगोलले प्रस्तुतिकरण दिएका थिए । त्यस्तै, कार्यक्रममा केन्द्रिय कार्यालयका जगननाथ खतिवडा, अनुगनम कार्यालय भवानीपुर बाँकेका अनुगमन अधिकूत सरोज पण्डित र शाखा कार्यालय भवानीपुर बाँकेका शाखा प्रमुख प्रशान्त शाह र एपीएफ स्कुलका कार्यलय प्रमुख राज कुमार प्याकुरेलको उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बचत गर्ने तरिका बैंक, बीमा कम्पनी, फाइनान्स तथा माइफोफाइनान्स लगायतका विषयमा विद्यार्थीहरुलाई जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS