काठमाडौं । मौलाकाली केबलकारले आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको छ।
कम्पनीले हाल कायम चुक्तापुँजीका २ः१ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो। यो शेयरको अंकित मूल्य १०० रुपैयाँ रहेको छ।
कम्पनीको साउन १३ गते सम्पन्न विशेष साधारणसभाले आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको थियो। शेयरधनीहरुले कम्पनीको ग्लोबल आइएमई बैंकमा रहेको खाता ०३३०१०१००००५०६ मा हकप्रद शेयरबापतको रकम जम्मा गर्न सक्नेछन्।












