IME Life New

अमेरिकामा बेरोजगार बीमाको करोडौँ रकम झ्वाम पार्ने मुख्य योजनाकारलाई ८ वर्ष जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकामा बेरोजगार बीमाको करोडौँ रकम झ्वाम पार्ने गिरोहका मुख्य योजनाकारलाई करिब ८ वर्ष जेल सजाय सुनाइएको छ।

अमेरिकी अदालतका न्यायाधीश लिन्डा भी पार्करले धोकाधडी गरेर बेरोजगार बीमाको करोडौँ रकम हड्पेको मुद्दामा दोषी ठहर गर्दै ती मुख्य योजनाकारलाई ९४ महिना (करिब ८ वर्ष) जेल सजाय सुनाएकी छन्। जेल सजाय पाउने साउथफिल्डका ३२ वर्षे युवक केन्नी ली होवार्ड छन्।

Esewa
Crest

होवार्डको योजनामा भएको यो धोकाधडीमा अन्य युवामा डेभिड डाभिसय, केइला हवार्ड र स्टेभेलभान वेयर रहेका छन्। संलग्नमध्ये डाभिसय यसअघि नै ३० महिना जेल सजाय सुनाइएको थियो भने केइला हवार्ड दोषी ठहर गरिए पनि सजाय सुनाउन बाँकी छ। अर्का युवक वेयरमाथि चलिरहेको मुद्दा भने हाललाई मुल्तबीमा राखिएको छ।

यी ४ जनामाथि बेरोजगार बीमाको रकम धोकाधडी गरी कुम्ल्याएको आरोप लागेको थियो।

अमेरिकी अदालतका अनुसार सन् २०२० अप्रिलदेखि २०२१ अग्रस्टसम्म केन्नी ली होवार्डको मुख्य योजनामा ७०० फर्जी बेरोजगार बीमा दाबी पेस गरेर ६२ लाख अमेरिकी डलर (८६ करोड १८ लाख रुपैयाँबराबर) भुक्तानी लिन सफल भएका थिए। यो धोकाधडीको घटना उनीहरुले अमेरिकाको ५ राज्यमा गरेका थिए। तीमध्ये धेरै फर्जी दाबी मिमिगान र क्यालिफोर्निया राज्यमा पेस गरिएको अदालतले जनाएको छ।

यो गिरोहले पेस गरेका फर्जी दाबीमध्ये ६० प्रतिशत भुक्तानी भएको अदालतको रेकर्डमा उल्लेख छ। दाबी भुक्तानीको रकम आफ्नो बैंक खातामा आउनेबित्तिकै उनीहरुले एटीएममा गएर पैसा निकालिहाल्थे।

कोरोनाकालमा युवाहरुलाई राहात दिन बेरोजगार बीमा योजना अमेरिकामा ल्याइएको थियो। यो धाकाधडीबाट राज्यलाई ठूलो क्षति भएको देखिन्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS