काठमाडौं । लगातार ६ दिनबाट घटिरहेको बजार आज भने दोहोरो अंकले बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १७ दशलमव २८ अंकले बढेर २,७३६ को विन्दुमा कायम भएको छ । आज १४६ कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३२३ कम्पनीको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २३ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको संस्थापक शेयर किनबेच भएको छ । आज यस बैंकको ८१ करोड ३६ लाख रुपैयाँको संस्थापक शेयर किनबेच भएको छ । हिमालयन रिइन्स्योरेन्सको ५६ करोड ४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४९ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ७९ प्रतिशतका दरले कमाएका छन् । प्रभु इन्स्योरेन्सका लगानीकर्ताले ७ दशलमव ८९ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोका लगानीकर्ताले ७ दशलमव ६७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।