काठमाडौं । नेपाल राष्ट्र बैंकले निजी आवासीय घर निर्माण र खरिदमा प्रदान गर्ने कर्जाको सीमा बढाएको छ।
गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको वार्षिक मौद्रिक नीति सार्वजनिक गर्दै यस किसिमको कर्जाको सीमा बढाइएको जानकारी गराएका हुन्। अब यस किसिमको कर्जाको सीमा बढाएर २ करोड बढाएर ३ करोड रुपैयाँ कायम गरिएको छ।
यसैगरी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घर खरिद र निर्माणको कर्जा मूल्य अनुपात ८० प्रतिशत र अन्यको ७० प्रतिशत कायम गरेको छ।

















