IME Life New

जीवन बीमकको कुल व्यापार ४० अर्ब ५४ करोड, कुनको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को भदौ महिनासम्ममा साढे ४० अर्ब माथि कुल बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा ४ लाख ८३ हजार ६६४ वटा बीमा पोलिसी विक्री गरी ४० अर्ब ५४ करोड १४ रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा १० अर्ब ५८ करोड ८ करोड कुल बीमाशुल्क संकलन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ८५ करोड कुल बीमाशुल्क संकलन गरेको छ । तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ४१ करोड कुल बीमाशुल्क संकलन गरेको छ ।

Esewa
Crest

हिमालयन लाइफले ३ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एलआइसी नेपालले ३ अर्ब ६७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले १ अर्ब १९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफ १ अर्ब ८२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइएमई लाइफले १ अर्ब ४८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

सन नेपाल लाइफले ७७ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपानल लाइफले १ अर्ब २६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले १ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले २ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले १ अर्ब ४२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले १ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS