IME Life New

एलआइसी नेपालको २३औँ वार्षिक साधारणसभा सम्पन्न, लाभांश अनुमोदन

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसनको २३ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५२६३ नगद लाभांश छन्।

Crest

बोनस शेयर जारीपछि कम्पनीको अधिकृत, जारी र चुक्तापुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गरेको छ ।

कम्पनीमा नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्दा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोहीबमोजिम गर्न गराउन सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने अर्को विशेष प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।

सभाले संस्थापक शेयरधनीहरुका तर्फबाट १ जना सञ्चालकको निर्वाचन गरेको छ भने संस्थापक शेयरधनीहरुका तर्फबाट नियुक्त सञ्चालकहरुको नियुक्ति अनुमोदन गरेको छ ।

सभाले सञ्चाल समितिको गत आर्थिक वर्ष २०८०।८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको आर्थिक प्रतिवेदन पारित गरेको छ भने चालु आर्थिक वर्ष २०८१।८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS