IME Life New

स्वास्थ्य बीमा क्षेत्रमा इन्ट्री गर्दै एलआईसी भारत, एउटा हेल्थ इन्स्योरेन्स कम्पनीको हिस्सेदारी किन्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतको सरकारी कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेसन अफ इन्डिया (एलआईसी भारत) छिट्टै स्वास्थ्य बीमा क्षेत्रमा इन्ट्री गर्ने भएको छ। यसका लागि एलआईसी भारतले एउटा स्वास्थ्य बीमा कम्पनीको हिस्सेदारी किन्ने भएको छ।

एलआईसीका प्रबन्ध निर्देशक तथा वरिष्ठ कार्यकारी अधिकृत सिद्धार्थ मोहन्तीले कम्पनीले आउँदो मार्च ३१ तारिखसम्म एउटा स्ट्यान्डअलोन हेल्थ इन्स्योरेन्स कम्पनीको हिस्सेदारी अधिग्रहणको घोषणा गर्न सक्ने जानकारी दिए। यद्यपि, उनले उक्त कम्पनीको नाम भने खुलाउन चाहेनन्। ‘हामीसँग योजना छ र त्यस कम्पनीको हिस्सेदारी खरिद गर्ने सम्झौताका लागि अन्तिम चरणको काम भइरहेको छ।’

Esewa
Crest

एलआईसीका लागि स्वास्थ्य बीमामा प्रवेश गर्नु एउटा प्राकृतिक योजना रहेको छ। ‘नियामक निकायबाट अनुमति पाउन समय लाग्छ’, मोहन्तीले भने, ‘त्यसैले मार्च ३१ भन्दा अगाडि नै यस विषयमा निर्णय लिइनेछ।’

हाल भारतीय बजारमा ७ वटा स्ट्यान्डअलोन हेल्थ इन्स्योरेन्स कम्पनी रहेका छन्। जसमा स्टार हेल्थ एन्ड एलाइड इन्स्योरेन्स, निवा बुपा हेल्थ इन्स्योरेन्स, केयर हेल्थ इन्स्योरेन्स, आदित्य बिड्ला हेल्थ इन्स्योरेन्स, मणिपाल सिग्ना हेल्थ इन्स्योरेन्स, नारायण हेल्थ इन्स्योरेन्स र ग्यालेक्सी हेल्थ इन्स्योरेन्स छन्।

यिनै ७ कम्पनीमध्ये एउटाको हिस्सेदारी एलआईसीले खरिद गर्नेछ। सुरुआतमा हेल्थ इन्स्योरेन्स कम्पनीको बहुमत हिस्सा अधिग्रहण नगरिने मोहन्तीले स्पष्ट पारेका छन्।

यसअघि एलआईसीले वित्त वर्ष २०२५ को पहिलो त्रैमासमै स्वास्थ्य बीमाको व्यापार सुरु गर्ने जनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS