IME Life New

श्रममन्त्री साहलाई झट्का, श्रीमतीलाई बीमा बोर्डमा सक्रिय गराउँदा आफ्नै पद गुम्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह पदमुक्त भएका छन्।

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्री साहलाई पदमुक्त गर्ने निर्णय गरेका हुन्। यसअघि पार्टी सभापति रवि लामिछानेले साहलाई राइट टु रिकलको व्यवस्था प्रयोग गर्दै मन्त्रीबाट फिर्ता बोलाउने निर्णय गर्दै प्रधानमन्त्री शाहलाई पदमुक्त गर्न सिफारिस गरेका थिए।

Esewa
Crest

मन्त्रीमा नियुक्त भएपछि साहकी श्रीमती जुनु श्रेष्ठलाई पुनः स्वास्थ्य बीमा बोर्डको सदस्यमा सक्रिय भएकी थिइन्। योसँगै पदीय मर्यादा उल्लंघन गरेको भन्दै रास्वपाको केन्द्रीय अनुशासन आयोगले बुधबार साहलाई आवश्यक कारबाहीका लागि पार्टी सभापति रवि लामिछानेसमक्ष सिफारिस गरेको थियो।

तत्कालीन सरकारले श्रेष्ठलाई बीमा बोर्डको सदस्यमा मनोनित गरेको थियो। तर, लामो समयदेखि श्रेष्ठ निष्क्रिय भएर बसेकी थिइन्। साह सांसदमा निर्वाचित हुँदै मन्त्री बन्न सफल भएपछि श्रेष्ठ पुनः बीमा बोर्डको सदस्यका रुपमा सक्रिय हुन थालेपछि आयोगले साहलाई अनुशासनात्मक कारबाहीका लागि सिफारिस गरेको हो।

प्राप्त प्रमाण र विवरणहरु अध्ययन गर्दा साह मन्त्रीमा नियुक्त भएपछि पदीय हैसियतको प्रभावमा राखी श्रीमती श्रेष्ठ पुनः बीमा बोर्ड सक्रिय गरिदिएको देखिन आएको आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले बताए। ‘पार्टीको केन्द्रीय र प्रदेश निकायका सदस्यको परिवारबाट पार्टीको कुनै पनि निकाय र पार्टीका तर्फबाट राज्यका कुनै पनि निकायमा नियुक्तिका लागि सिफारिस वा मनोनीत गरिने छैन भन्ने व्यवस्था रहेको छ’, उनले भने, ‘तर, यो व्यवस्थाको बर्खिलाप हुने गरी गम्भीर उल्लंघन भएको देखिन्छ। यसका साथै मन्त्री साहले पनि यस विषयमा स्पष्ट जानकारी दिन आनाकानी गरेको, अपुरो र झुठो जानकारी दिएको देखिएको छ। साहको यो व्यवहारले जनताबाट झन्डै दुई तिहाइ मत लगानी भएको पार्टीको गरिमा र छविमा गम्भीर आघात पुगेको छ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS