IME Life New

खानी खोला हाइड्रोपावरले पायो १००% हकप्रद शेयर जारी गर्ने अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनीले हकप्रद शेयर ल्याउने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई आज असार १० गते हकप्रद निष्कासन गर्न अनुमति दिएको हो।

धितोपत्र बोर्डले खानी खोला हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।

Esewa
Crest

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९३ करोड १४ लाख २८ हजार ६०० रुपैयाँ पुग्नेछ। कम्पनीको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS