IME Life New

केन्टद्वारा आईसीसी टी–२० विश्वकप प्रत्यक्ष हेर्ने अवसर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै अग्रणी पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आरओले आईसीसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै नेपाली उपभोक्ताका लागि विशेष उपहार योजना सार्वजनिक गरेको छ। “Match Ready with Pure Water” नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकहरूले शुद्ध पानीसँगै अविस्मरणीय क्रिकेट अनुभव जित्ने अवसर पाउनेछन्।

यस योजनाअन्तर्गत केन्टका छनोट गरिएका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले ८ फेब्रुअरी, २०२६ मा मुम्बईको वानखेड़े स्टेडियममा आयोजना हुने नेपाल बिरुद्ध इंग्ल्याण्डको आईसीसी टी–२० विश्वकप खेलको टिकट निःशुल्क प्राप्त गर्न सक्नेछन्। साथै, भाग्यशाली विजेताले ४ रात र ५ दिनको मुम्बई भ्रमण प्याकेज समेत जित्ने अवसर पाउनेछन्।

Crest

केन्ट मिनरल आरओ शुद्ध पानीका लागि विश्वसनीय ब्रान्डका रूपमा परिचित छ र नेपालमा पनि Most Trusted Brand in Nepal को रूपमा स्थापित छ। अत्याधुनिक प्रविधिद्वारा तयार गरिएका केन्ट वाटर प्युरिफायरले परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै शुद्ध र सुरक्षित पानी उपलब्ध गराउँदै आएको छ।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरूले Kent [space] Warranty Card No. [space] Product Name [space] Customer Name [space] Address टाइप गरी 31003 नम्बरमा एसएमएस पठाउनु पर्नेछ। योजना सीमित अवधिका लागि मात्र लागू हुनेछ र सर्त तथा नियमहरू लागू हुनेछन्।

यस सम्बन्धी थप जानकारीका लागि आधिकारिक सामाजिक सञ्जाल , डिलर तथा वेबसाइटमार्फत जानकारी लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS