IME Life New

पौने ६ लाख कित्ता शेयर बिक्री गर्दै काङ हाइड्रोपावर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काङ हाइड्रोपावर कम्पनीले आफ्ना संस्थापक शेयरधनीहरुलाई पौने ६ लाख कित्ता शेयर बिक्री गर्ने भएको छ।

कम्पनीले आज एक सूचना प्रकाशित गर्दै चुक्तापुँजी ५ करोड ७५ लाख रुपैयाँ वृद्धि गर्ने निर्णय भएकोले सोहीबराबरको शेयर बिक्री खुला गरिएको जनाएको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५ लाख ७५ हजार कित्ता बिक्रीमा राखेको हो।

Esewa
Crest

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र शेयर खरिद गर्नका लागि काठमाडौंको कोटेश्वरस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ। निवेदन पेस गर्दा आफूले खरिद गर्न चाहेको शेयरबराबरको रकम कम्पनीको एनएमबि बैंकको खाता नं. २०४०१४७५९९७०००११ र माछापुच्छ्र बैंकको खाता नं. ०३९०९९३१५०३०००१९ मा जम्मा गरेको सक्कल भौचरसहित गर्नुपर्ने कम्पनीले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट सम्पूर्ण शेयर खरिद नभई बाँकी रहन गएमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS