IME Life New

कामना सेवा विकास बैंकद्वारा पशुपति क्षेत्र विकास कोषलाई सहयोग

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई ५००० थान जुत्ता झोला र १००० थान टोकन हस्तान्तरण गरेको छ । पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भक्तजनहरुको जुत्ता र चप्पललाई सुरक्षित र व्यवस्थित रुपमा राख्नको लागि उक्त झोलाहरु र टोकनहरु हस्तान्तरण गरिएको हो ।

बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुङ्गेलले पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीलाई हस्तान्तरण कार्यक्रममा उक्त जुत्ता झोला र टोकनहरु हस्तान्तरण गरेका थिउ ।

Crest

आउदै गरेको श्रावण महिनामा पशुपतीनाथको दर्शन गर्न आउने भक्तजनको भिड अत्याधिक हुने र भक्तजनहरुको जुत्ता चप्पल राख्नको लागि झोलाको अभाव हुने भएको र बैंकले उपलव्ध गराएको झोला तथा टोकनले जुत्ता चप्पल व्यवस्थापनमा सहयोग पुग्ने निमित्त सदस्य सचिव जोशीले बताए ।

उक्त कार्यक्रममा वोल्दै बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुङ्गेलले देशभर १३० वटा शाखावाट अत्याधुनिक बैंकिङ सेवा दिदै आईरहेको बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको र पशुपति क्षेत्र विकास कोषलाई उक्त झोला र टोकन हस्तान्तरण गर्ने अवसर प्रदान गरेकोमा कोषलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS