काठमाडौं । नेपाल आँखा कार्यक्रम- तिलगंगा आँखा विज्ञान संस्थान र ज्योति विकास बैंकबीच सप्तरीको रूपनगरमा अन्धोपन रोकथाम अभियान सञ्चालनका लागि समझदारी भएको छ।
ज्योती विकास बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा रोक्न सकिने अन्धोपन निवारणका लागि सहयोग गर्न संस्थानसँग समझदारी पत्रमा शुक्रबार हस्ताक्षर गरेको हो।
नेपाल आँखा कार्यक्रमको प्रमुख कार्यकारी अधिकृत डा. रीता गुरुङ र बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले बैंकको १७ अाैँ वार्षिकोत्सव समारोहका अवसरमा सम्झाैता पत्रमा हस्ताक्षर गरेका हुन्।
यो साझेदारीले पहुँचयोग्य, समुदाय-आधारित आँखा हेरचाह सेवाहरू मार्फत मोतियाबिन्दुबाट हुने दृष्टि कमजोरी र अन्धोपनलाई कम गर्ने लक्ष्य लिएको छ।
यो सहकार्यले प्रारम्भिक पहिचान, समयमै उपचार र रोकथामयोग्य अन्धोपनको बारेमा जनचेतनामा ध्यान केन्द्रित गर्दै विपन्न जनसंख्यासम्म पुग्ने दिशामा एक महत्त्वपूर्ण कदमलाई संकेत गरेको छ।

















