IME Life New

नेपाल बैंकका कर्मचारी र ग्राहकलाई पाटन हेल्थ ल्याबमा विशेष छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बैंकका कर्मचारी र ग्राहकहरूले ललितपुरको थसिखेलमा अवस्थित पाटन हेल्थ ल्याबमा छुट पाउने भएका छन्। नेपालकै पहिलो बैंक नेपाल बैंक र पाटन हेल्थ ल्याबबीच मंसिर २२ गते भएको एक सम्झौता अनुसार उक्त ल्याबमा उपचार गराउँदा बैंकमा कार्यरत कर्मचारीहरू र खातावाला ग्राहकहरूले विशेष छुट सुविधा पाउने भएका छन् ।

सम्झौता बमोजिम नेपाल बैंकका कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई प्याथोलोजि ल्यावको विविध सेवा (स्याम्पल कलेक्सनका लागि निःशुल्क होम डेलिभरीको सुविधा सहित) विभिन्न हेल्थ प्याकेजमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि ३० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको छ।
उक्त सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र पाटन हेल्थ ल्याबको तर्फबाट प्रबन्ध निर्देशक सरिता खड्काले हस्ताक्षर गरेका छन्। यसबाट नेपाल बैंकमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरूले पाटन हेल्थ ल्याबबाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS