काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद शेयर जारी गर्ने अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावरलाई हकप्रद शेयर जारी गर्न अनुमति दिएको हो। धितोपत्र बोर्डले यो कम्पनीलाई हाल कायम चुक्तापुँजी १ः०.६५ अनुपातमा अर्थात ६५ प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ।
अब कम्पनीले आफ्ना शेयरधनीहरुलाई २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको हकप्रद शेयर निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर बिक्री गर्नेछ।
कम्पनीको हकप्रद शेयर बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ।