काठमाडौं । राजावादी तथा हिन्दूवादी संगठनको संयुक्त जनआन्दोलन समितिले आज सोमबार को लागि घोषणा गरेको उपत्यका बन्द कार्यक्रम फिर्ता लिएको छ।
समिति संयोजक नवराज सुवेदीले हस्ताक्षर गरेको एक विज्ञप्ति जारी गर्दै कार्यक्रम फिर्ता लिइएको जानकारी दिएका हुन् ।
आइतबारको प्रर्दशनको क्रममा हिरासतमा लिइएका नेताहरू रिहा भइसकेको भन्दै समितिले बन्द कार्यक्रम फिर्ता लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसअघि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आइतबार सामाजिक सञ्जालमा फेसबुक मार्फत सोमबार हुने भनिएको उपत्यका बन्दको कार्यक्रममा राप्रपाको सहभागिता नरहने स्पष्ट पारेका थिए।

















