काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।
संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १ अर्ब ५३ करोड ६१ लाख ७१ हजार ५४६ रुपैयाँको कुल १४.७४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७४ प्रतिशत नगद लाभांश छन्।
यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी छैटौँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

















