IME Life New

इरानले यी ५ देशसँग माग्यो युद्धमा भएको नोक्सानीको क्षतिपूर्ति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । इरानले आफ्ना छिमेकी देशहरु साउदी अरेबिया, यूएई, कतार, बहराइन र कुवेतबाट युद्धकालीन क्षतिको क्षतिपूर्ति माग गरेको छ।

संयुक्त राष्ट्र संघका लागि इरानका राजदूत अमिर सईद इरवानीले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाएका छन्। पत्रमा भनिएको छ, ‘यी ५ देशले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरेका छन् र अब उनीहरुले भोगेको क्षतिका लागि इरानलाई पूर्ण रुपमा क्षतिपूर्ति दिनुपर्छ।’

Esewa
Crest

बीबीसी फारसीका अनुसार इरानी राजदूत अमिर सईद इरवानीले लेखेको पत्र समाचार एजेन्सी इरनाले प्रकाशित गरेको थियो। पत्रमा भनिएको छ, ‘ती देशले इरानप्रतिको आफ्नो दायित्व पूरा गरेका छैनन्। त्यसैले अब उनीहरुको अन्तर्राष्ट्रिय जिम्मेवारी स्थापित भएको छ। तिनीहरूले इरानलाई शारीरिक र मानसिक क्षतिसहित सबै क्षतिको लागि पूर्ण रुपमा क्षतिपूर्ति दिनुपर्छ।’

इरानले यस्तो माग गरेको यो पहिलोपटक होइन। यसअघि इरानले युद्धकालीन क्षतिका लागि अमेरिकाबाट पनि क्षतिपूर्ति माग गरेको थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS