काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ९५ अंकदे घटेर २,७१२ को विन्दुमा कायम भएको छ । आज ७० कम्पनीको शेय। मूल्य बढेको छ भने १९८ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै एभरेष्ट कलरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । बुङगल हाइड्रोका लगानीकर्ताले १० दशमलव ५० प्रतिशतका दरले कमाएका छन् । सालपा विकास बैंकका लगानीकर्ताले ५ दशमलव ९२ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ५ दशमलव २३ प्रतिशतका दरले कमाएका छन् ।













