काठमाडौं । आज नेप्से परिसूचक ४ दशमलव ०५ अंकले घटेर २,६५० को विन्दुमा कायम भएको छ । आज ८४ कम्पनीको शेयर मूल्य बढेको छ भने १८५ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशमलव ५४ प्रतिशतका दरले कमाएका हुन् । एचएलआई लार्ज क्याप फन्डका इकाईधनीले ५ दशमलव १८ प्रतिशतका दरले कमाएका छन् । एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले ५ दशमलव १६ प्रतिशतका दरले कमाएका छन् ।













